Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ? (सूचीसहित)

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव ढंगोललाई क्यानको महानिर्देर्शक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ । त्यसै गरी, आर्थिक वर्ष २०८३-८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै मोटा धानको प्रति क्विन्टल रु ३,६६० र मध्यम धानको  मूल्य प्रतिक्विन्टल रु ३, ८६० तोकिएको छ । 

मन्त्रिपरिषद्ले नेपाल–चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना (चिलिमे–केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र 'लेटर अफ रिप्लाईङ' स्वीकृत गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताए ।