सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्र प्रतिनिधि सभाको नयाँ हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
आगामी जेठ १५ गतेको बजेट भाषण यही नयाँ सभा कक्षबाट गर्ने तयारी गरिएको बताइएको छ।
हाल हलभित्र साउण्ड सिस्टम, क्यामरा जडान, कुर्सी राख्ने तथा बत्ती जडानको काम भइरहेको निर्माण पक्षले जनाएको छ।