Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

राष्ट्रपति रनिङ सिल्ड जेठ २० देखि २२ गतेसम्म सञ्चालन हुने

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जेठ २० देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ ।

राखेप सदस्य–सचिव तथा प्रतियोगिता सञ्चालन एवं व्यवस्थापन समितिका संयोजक रामचरित्र मेहताको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु विधामा प्रतिस्पर्धा हुने जनाइएको छ ।

बैठकमा खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, सम्बन्धित खेलका राष्ट्रिय सङ्घका प्रतिनिधि तथा मुख्य प्रशिक्षकहरूको उपस्थिति रहेको थियो । बैठकलाई सम्बोधन गर्दै सदस्य–सचिव मेहताले प्रतियोगितालाई व्यवस्थित, मर्यादित र सहभागितामूलक बनाउन सबै पक्षले समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।