Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

धनुषामा मिटरब्याज पीडितको अनिश्चितकालीन आन्दोलन

धनुषाका मिटरब्याज पीडितहरुले अनिश्चितकालिन आन्दोलन सुरु गरेका छन् । विभिन्न मागहरु राख्दै उनीहरुले आइतबार (आज) जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

केही दिन अघि धनुषाको फुलगामा ४ की मिटरब्याज पीडित सुनिता साहलाई प्रहरीले उल्टै पक्राउ गरी पिडा माथि झन पिडा थपेको भन्दै आफूहरुले प्रहरी प्रशासनविरुद्ध अनिश्चितकालिन आन्दोलन सुरु गरेको मिटरब्याज किसान मजदुर आन्दोलन नेपाल, धनुषा जिल्ला अध्यक्ष सम्भु प्रसाद यादवले जानकारी दिए ।

photo-2_e3638951.jpg

मिटरब्यजीहरुलाई कारबाही गर्नुको साटो प्रहरीले उल्टै पीडितहरुलाई समातेर जेल पठाउने गरेको घटनाहरु अगाडि आउन थालेपछि आफूहरुले बाध्य भएर आजदेखि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत र सरकारी वकिल कार्यालय अगाडि प्रत्येक दिन शान्तिपूर्ण धर्ना र विरोध गर्ने अध्यक्ष यादवले बताए ।

photo-5_ed2fa27c.jpg

अध्यक्ष यादवले राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको प्रादेशिक भेलामा मधेश प्रदेशमा विद्यमान मिटरब्याजको समस्या समाधान गर्ने घोषणा गरेकोमा हालसम्म कुनै समाधानतर्फ सरकारले ध्यान नदिएको अध्यक्ष यादवले गुनासो गरे ।

गत बैशाख २१ गत्ते केन्द्र र प्रदेशमा ज्ञापन पत्र बुझाएर सरकारलाई ध्यानाकर्षण गराए पनि आफूहरुको समस्याको कुनै सामाधान सरकारले गर्न नखोजेकोमा अध्यक्ष यादवले खेद प्रकट गरेका छन् ।

photo-4_cb772188.jpg

मिटरब्याज पीडितहरुले मिटरब्याज पीडितलाई पक्राउ गर्न बन्द गर, सुदखोरलाई कारबाही गर, अदालतको एकलौटीको फैसलाको आधारमा पक्राउ गर्न पाईदैन, अदालत/प्रहरी/प्रशासनको दमन बन्द गर, हाम्रो माग पूरा गर, दफा २४९ –क) लागु गरलगायतका नारा लगाएका थिए ।

उनीहरुले पक्राउ गरेका मिटरब्याज पीडितहरुलाई रिहा गर्न र मिटरब्याजीहरुलाई पक्राउ नगरेसम्म यो शान्तिपूर्ण धर्ना एवम विरोध प्रदर्शन जारी राख्ने चेतावी दिएका छन् । धनुषामा मात्र मिटरब्याज पीडितको संख्या ७० हजार रहेको छ ।

photo-3_f1981c7e.jpg