Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

मुक्तिनाथ विकास बैंकको सीईओ मानन्धरद्वारा पदभार ग्रहण

मुक्तिनाथ विकास बैंक लिमिटेड सञ्चालक समितिको निर्णय अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त तारा मानन्धरले शुक्रबार पदभार ग्रहण गरेका छन् ।

मानन्धरले विभिन्न वाणिज्य बैंकहरुको उच्च कार्यकारी भूमिका रही कार्य गरेको अनुभव र पछिल्लो समय डिस मिडिया नेटवर्कमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरिरहेका थिए ।

उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।
बैंकले सीईओ मानन्धरको सफल कार्यकालको शुभकामना दिँदै आगामी दिनमा बैंकले अझ उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिएको छ ।