राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले पुर्वप्रधानमन्त्रि केपी शर्मा ओली र गृहमन्त्रि रमेश लेखकलाई विरूद्ध नचलाइएकोमा प्रश्न उठाएका छन्।
मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा प्रसाईंले सरकारले सहिदप्रतिको श्रद्धाञ्जलि व्यवहारबाट पुष्टि गर्नुपर्ने बताएका हुन्।
ओली र लेखक विरूद्ध अहिलेसम्म सरकारले मुद्दा दर्ता गरेको छैन। मुद्दा दर्ता नगरिएको विषयमा प्रसाईंले सरकारलाई प्रश्न उठाएका हुन्।
'सहिदप्रतिको श्रद्धाञ्जलि मुखले औपचारिकता निभाएर होइन मैले प्रतिनिधित्व गर्ने सरकारको व्यवहारबाट पुष्टि हुनुपर्छ,' प्रसाईंले भने, 'जेनजी आन्दोलन र नरसंहारका अभियुक्तद्वय तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री विरूद्ध मुद्दा बुझाउन सरकारलाई केले अड्कायो। प्रमाण पुगेन कि प्राथमिकता पुगेन।
उनले विगतमा मल्लिक आयोग, रायमाझी आयोग र लाल आयोगको प्रतिवेदन थन्काइए जसरी अहिले पनि थन्काउन खोजिएको हो कि भन्दै प्रश्न गरे।