Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

रास्वपाको सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । उक्त बैठक साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको हो ।

बैठकमा सचिवालय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको छ । उक्त बैठकमा जिल्ला समिति विघटन तथा केन्द्रीय समिति बैठकका विषयमा छलफल हुने बताइएको छ ।

बैठकको कार्यसूची :

१) भेला, अधिवेशन विशेष तालिका ।
२) आयोग, विभाग पदाधिकारी मनोनयन ।
३) जिल्ला समिति विघटन ।
४) अनुशासनात्मक कारबाही सम्बन्धमा।
५) केन्द्रीय समिति बैठक ।
६) विविध ।