नेपाली कांग्रेसले सात वटै प्रदेशमा भेला गर्ने भएको छ। प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला हुन लागेको हो।
उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वको कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रथम बैठकका अवसरमा बुधबार भेला तय भएको थियो।
जसअनुसार सुदूरपश्चिम प्रदेशको धनगढीमा वैशाख २६ र २७ गते भेला हुनेछ भने कर्णाली प्रदेशको लेकवेसी सुर्खेतमा वैशाख २८ र २९ गते हुनेछ।
गण्डकी प्रदेशको पोखरामा वैशाख ३१ र जेठ १ गते भेला हुनेछ भने बागमती प्रदेशको धुलिखेलमा जेठ ४ र ५ गते हुनेछ।
लुम्बिनी प्रदेशको तिलोत्तमामा जेठ १४ र १५ गते भेला हुनेछ भने मधेस प्रदेशको बर्दिवासमा जेठ ६ र ७ गते हुनेछ ।
यस्तै कोशी प्रदेशको सुनसरीको लौकीमा जेठ ८ र ९ गते हुनेछ।