Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

रास्वपा सचिवालय बैठक जारी: उम्मेदवार छनोट र महाधिवेशन कार्यविधिमा छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक शुरु भएको छ ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार पार्टी सचिवालयको बैठक केहीबेरअघि केन्द्रीय कार्यालय, घन्टीघर, बनस्थलीमा शुरु भएको हो ।

बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३, महाधिवेशन कार्यविधि २०८३ र संसदीय दलको विधान संशोधन सम्बन्धमा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।