Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

त्रिविका सबै पदाधिकारीको सामूहिक राजीनामा, अध्यादेशपछि नयाँ अवस्था

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।

रास्वपा सरकारलाई काम गर्न सहज होस् भनेर उपकुलपति प्रा.डा दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिष्टार केदार प्रसाद रिजालले राजीनामा दिएका हुन् ।

सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि त्रिविका पदाधिकारीले राजीनामा दिएका हुन् ।

त्रिविमा प्रा.डा. दीपक अर्याल उपकुलपति, प्रा.डा. खड्ग केसी शिक्षाध्यक्ष र प्रा.डा. केदार रिजाल रजिस्ट्रार छन्।