राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई कागजातमा ‘माननीय’ सम्बोधन नगर्न निर्देशन दिएको छ ।
सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एकरूपता अपनाउन वा ‘माननीय’ सम्बोधन नगर्न निर्देशन दिएको हो ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अनौपचारिक रूपमा बसेको बैठकमा यस्तो निर्देशन दिइएको प्रवक्ता मनिष झाले बताए ।
रास्वपाले सांसदहरूले धेरै कुराहरू सिक्न बाँकी रहेको भन्दै सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न तथा सकेजति सल्लाह र सुझाव लिन सुझाव दिएको छ ।