Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

अवरुद्ध विपी राजमार्ग पुनः सञ्चालनमा

वर्षाले अवरुद्ध भएको विपी राजमार्ग पुन: सुचारु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गए राति परेको अविरल वर्षाको कारण अवरुद्ध भएको बिपी राजमार्ग पुन:मर्मत पछि हालको लागि सञ्चालनमा आएको छ ।  

प्रहरीले मौसम पूर्वानुमान विभाग अनुसार अझै पनि पानी पर्ने सम्भावना रहेकोले यात्रा गर्दा आवश्यक सावधानी अपनाउनुका साथै आपतकालीन अवस्था सिर्जना भएमा वा बाटोको अवस्था बारेमा जानकारी लिनको लागि आपतकालीन सम्पर्क नं १०० र १०३ मा सम्पर्क राख्नु हुन सबैलाई अनुरोध गरेको छ ।