चिकित्सा शिक्षाको प्रवेश परीक्षा तयारी र स्वास्थ्य सेवामा सक्रिय जे एण्ड जे हेल्थ एकेडेमी आज १८औँ वार्षिकोत्सव मनाएको छ । आफ्नो स्थापनाको १८औँ वार्षिकोत्सवको अवसर पारेर एकेडेमीले काठमाडौँको थापाथलीस्थित आफ्नै परिसरमा विशेष उत्सव तथा सेवामूलक कार्यक्रमहरू सम्पन्न गरेको हो ।
वार्षिकोत्सवको औपचारिक उद्घाटन काठमाडौँ महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष हिरा लाल तन्डुकारले गरेका थिए । उद्घाटन समारोहमा स्थानीय समाजसेवी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो । १८औँ वर्षको खुसीयालीमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विज्ञ चिकित्सकहरूद्वारा निःशुल्क स्वास्थ्य परामर्श तथा ’मङ्गल भोजन’ कार्यक्रमको समेत आयोजना गरेको थियो ।
मेडिकल प्रवेश परीक्षा तयारीको अग्रणी संस्थाको रूपमा आफ्नो यात्रा सुरु गरेको उक्त एकेडेमीले गुणस्तरीय चिकित्सा सेवाको बढ्दो आवश्यकतालाई महसुस गर्दै क्लिनिकल सेवाहरू समेत सञ्चालनमा ल्याएको छ । थापाथलीमा अवस्थित जे एण्ड जे हेल्थ एकेडेमी एक विश्वसनीय स्वास्थ्य सेवा प्रदायकको रूपमा स्थापित छ ।
बिहान ७ः३० बजे औपचारिक कार्यक्रमबाट सुरु भएको वार्षिकोत्सवको कार्यक्रममा ९ बजेदेखि दिउँसो २ बजेसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । भने शिविरमा सहभागी हुन आएका बिरामी तथा सर्वसाधारणका लागि विज्ञहरूले परामर्श प्रदान गरेका थिए । आगामी दिनहरूमा अझ सुलभ र गुणस्तरीय चिकित्सा सेवा प्रदान गर्न आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको जे एण्ड जे हेल्थ एकेडेमीका Consultant Physician तथा Clinical Cardiologist डा रोशन कुमार झाले बताए । २० वर्षभन्दा बढी स्वास्थ्य क्षेत्रमा अनुभव हासिल गरेका झाले स्वास्थ्य सेवालाई मात्र नभई सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिनु पर्नेमा जोड दिए. जे एण्ड जे हेल्थ एकेडेमीले स्वास्थ्य क्षेत्रलाई मात्र नभईकन सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो जिम्मेवारी ठानेको उनले बताए ।
समाजसेवामा निरन्तर समर्पित चिकित्सक झाले हुनेसँग शुल्क लिने, नहुनेलाई निशुल्क सेवा दिने आफूहरूको मूलमन्त्र रहेको बताए. सशस्त्र प्रहरी अस्पतालमा वरिष्ठ चिकित्सकको रूपमा समेत कार्यरत रहेका उनी आर्थिकरूपमा अवस्था कमजोर भएका साङ्ग तथा अपाङ्गता व्यक्तिहरूलाई स्वास्थ्य सेवामा र पठनपाठनमा सहयोग गर्दै आएका छन्। जटिल शल्यक्रिया होस् अथवा ब्रेल पाठ्य सामग्री खरिदकालागि नै किन नहोस्, ब्राइड स्टार सोसाइटीसँग सहकार्य गरि दृष्टिविहीन व्यक्तिहरूका पठनपाठनमा पनि झाले सहयोग गर्दै आएका छन्। मानवता नै सबैभन्दा ठूलो धर्म भएको बताउने झाले एक गाँस कम खाएर पनि सकभर सबैको सेवा गर्नु पर्ने बताए। यही नै साँचो धर्म भएको भन्दै उनले विश्वास व्यक्त गरे। जे एण्ड जे हेल्थ एकेडेमीले आफ्नो वार्षिक उत्सवहरूमा स्वास्थ्य सेवा, सामाजिक उत्तरदायित्व र सामुदायिक सहभागितालाई केन्द्रमा राखेर विभित कार्यक्रमहरू आयोजना गर्दै आएको छ।