Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

दुई दिनपछि विपी राजमार्ग पुनः सञ्चालन

दुई दिनदेखि अवरुद्ध विपी राजमार्ग सुचारु भएको छ । 

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार  विपी राजमार्गको रोशि गाउँपालिकास्थित सडक खण्डका ५ स्थानमा डाइभर्सन निर्माण गरेपछि सडक सुचारु भएको हो । 

रोशि गाउँपालिका खण्डको घुमाउने,चौकिडाँडा,चारसय बेसि,चिउरिबास र बोक्सिकुनामा डाइभर्सन निर्माण गरिएको छ ।

दुई दिन पानी परेपछि रोशि खोलामा आएको बाढीले डाइभर्सन बगयेपाची प्रहरीले सडक बन्द गरेको थियो ।