Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

असिना र बाढीले आलुबाली नष्ट, किसान चिन्तित (तस्बिरहरु)

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० शारदा बतासेमा शनिबार दिउँसो परेको असिना पानीले आलुबाली नष्ट भएको छ । 

शनिबार परेको पानीले सुडीखोलामा आएको बाढीका कारण खेतमा लगाइएको आलुबालीमा ठूलो क्षति पुगेको हो ।

खन्ने तयारीमा रहेको आलु बाली बाढी पसेर नष्ट भएपछि स्थानीय किसानहरू चिन्तित बनेका छन् । असिना पानीसँगै आएको बाढीले बालीमा थप क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

किसानका अनुसार वर्षभरको मेहनत एकैछिनको प्राकृतिक विपद्ले नष्ट भएपछि उनीहरू आर्थिक रूपमा ठूलो मारमा परेका छन् ।

YKK_KTMImage2026-04-26at6.42.16PM(1).jpg
YKK_KTMImage2026-04-26at6.19.01PM.jpg
YKK-KTMImage2026-04-27at1.44.09PM(1).jpg