Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

पूर्वतर्फ सर्दै मौसम प्रणाली, विभिन्न प्रदेशमा वर्षा र चट्याङको सम्भावना

जल तथा मौसम विज्ञान विभागले मौसम प्रणाली पूर्वतर्फ सरिरहेको जानकारी दिएको छ ।

आइतबार दिउसो मौसम अपडेट दिदै विभागले गण्डकी प्रदेशका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । यस्तै बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षा जारी रहेको छ ।

मौसमविद्का अनुसार यो प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकोले आसपासका क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले सम्भावित वर्षा, चट्याङ र त्यसबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।