काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा एक युवतीले आत्मदाहको प्रयास गरेकी छन्।
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई माकलबारीमा बस्दै आएकी २७ वर्षीया सालु गुरुङले राति करिब २ बजेर ५० मिनेटमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनले आफ्नै खाजा पसलको पछाडिको पार्किङ क्षेत्रमा यस्तो प्रयास गरेकी थिइन्।
घाइते अवस्थामा रहेकी उनलाई उनका श्रीमान्ले फेला पारेर तत्काल शुस्मा कोइराला मेमोरियल अस्पताल, साँखु पुर्याएका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।