Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

याक पालन गर्दै सफल बने पदमप्रसाद ज्वारचन (तस्बिरहरु)

उच्च हिमाली क्षेत्र आलुबारी लेकमा किसान पदमप्रसाद ज्वारचन पशुपालन गर्दै आएका छन् । 

घरपझोङ गाउँपालिका–२, मार्फा गाउँका किसान ज्वारचन अहिले सफल पशुपालकको रूपमा परिचित बनेका हुन्। उनले हिमाली भेगको कठोर वातावरणलाई अवसरमा बदल्दै याक, नाक र चौँरीगाई पालन गरी उदाहरणीय काम गरेका छन्।

समुद्री सतहदेखि उच्च उचाइमा अवस्थित आलुबारी लेक क्षेत्र पशुपालनका लागि चुनौतीपूर्ण मानिन्छ। चिसो मौसम, सीमित घाँसे मैदान र दुर्गम भौगोलिक अवस्थाबीच पनि ज्वारचनले आफ्नो अनुभव र मेहनतले राम्रो उत्पादन लिन सफल भएका छन्। 

उनले परम्परागत ज्ञानसँगै आधुनिक तरिका अपनाएर पशुहरूको स्वास्थ्य र उत्पादनमा सुधार ल्याएका छन्।

SBT_Jomsom1776667817893.jpg
SBT_Jomsotm1776667817864.jpg
ST_Jomsom1776667817827.jpg
ST_Jomsom1776667817880.jpg

तस्बिर : सुशीलबाबु थकाली