राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अनुशासन समितिको बैठक बोलाएको छ । उक्त बैठक सोमबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्नेगरी बोलाएको हो ।
समितिका सदस्य भक्ति सिटौलाका अनुसार बैठकमा पार्टीभित्रको आन्तरिक अनुशासनका विषयमा छलफल गरी आवश्यक निर्णय हुनेछ ।