राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग गृहमन्त्री सुधन गुरुङले भेटवार्ता गरेका छन् ।
सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त दीपक भट्ट र व्यापारिक घराना शंकर ग्रुप लगायतसँग बिजनेस पार्टनर भएको खुलेसँगै उनले सोमबार बिहान पार्टी सभापति लामिछानेसँग भेटवार्ता गरेका हुन् ।
उनी लामिछानेलाई भेट्न बुढानीलकण्ठस्थित निवास पुगेको स्रोतले जनाएको छ । उनलाई कारबाही गर्ने/नगर्ने विषयमा आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिने बताइएको छ ।