Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

निजी क्षेत्रका व्यवसायीको कारोबारमाथि छानबिन गर्ने तयारी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निजी क्षेत्रका व्यवसायीको कारोबारमाथि छानबिन गर्ने तयारी गरेको छ। 

निजी क्षेत्रका हरेक क्रियाकलापहरूमा सुशासन प्रत्याभूति गराउने उद्देश्यले अख्तियारले व्यावसायिक कारोबारमाथि समेत छानबिन गर्ने तयारी गरेको हो।  

अख्तियारले सार्वजनिक गरेको भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३ – २०८७/८८) अनुसार सबै क्षेत्रमा हुने भ्रष्टाचारजन्य कार्यलाई अपराधीकरण गर्ने आयोगले निर्णय गरेको छ ।

यस्तै राज्यलाई हानि नोक्सानी भएको वा अनुचित लाभ लिए दिएकोमा बाहेक दुष्कृतिजन्य कार्य सच्चाउन अवसर प्रदान गर्ने गरी नीतिगत तथा कानूनी व्यवस्थामा समेत सुधार गरिनेछ। त्यसका लागि सहकारी क्षेत्र र पब्लिक वा प्राइभेट कम्पनी वा अन्य कुनै निजी संघ, संस्थामा हुने भ्रष्टाचार निवारण गर्न आवश्यक व्यवस्था गर्ने योजना अख्तियारले बनाएको छ।