Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

राष्ट्रपति पौडेल र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेट गरेका छन् ।

आइतबार बिहान शितल निवासमा भएको भेटमा अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका संघको साधारणसभामा आफू सहभागी हुने  जानकारी राष्ट्रपति पौडेललाई गराएका थिए ।

साथै उनीहरूबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।