Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

जनताले विकास, सुशासन र भ्रष्टाचार मुक्त देश खोजेको छ : अमरेशकुमार सिंह

रास्वपाका सांसद अमरेशकुमार सिंहले संसद्‍लाई कटाक्षको थलो बनाउन नहुने बताएका छन् ।आजको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद सिंहले यस्तो बताएका हुन् । 

उनले संसद्‍लाई एकअर्कालाई घोचपेचको थलो नबनाउन समेत आग्रह गरेका छन् । रास्वपा देशमा सुशासन, भ्रष्टाचार अन्त्य गर्ने, दिगो विकास र देश निर्माणको काममा सबैसँग हातेमालो गरेर आगामी दिनमा अघि बढ्न तयार रहेको समेत उनले बताए ।

उनले जनताले विकास, सुशासन र भ्रष्टाचार मुक्त देश खोजेको बताए ।