Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

रास्वपाले बोलायो संसदीय दलको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ  ।

प्रवक्ता मनिष झाका अनुसार आज दिउसो १ बजे संसदीय दलको कार्यालय, सिंहदरबारबा बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो ।

बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी कुमारीलाई समर्थन गरेको छ ।