Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सुदूरपश्चिम दिल्ली भन्दा दूर भइसक्यो – एमाले सांसद ऐन महर

नेकपा एमालेका सांसद ऐन महरले प्रधानमन्त्री बालेन शाहलाई चुनाव अघिको फेसबुक स्टाटसबारे स्मरण गराएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महरले बालेनले बझाङ पुगेर ‘सुदूर अब दूर नाईँ, झिक्कै झिक्कै माया तम्लाई’ भन्दै लेखेको स्टाटस प्रसङ्ग उठाउँदै त्यसको कार्यान्वयनबारे प्रश्न उठाए। 

उनले उक्त अभिव्यक्ति वास्तविक प्रतिबद्धता हो भने सुदूरपश्चिमका विभिन्न सडक आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन सरकारसँग माग गरेका छन् ।