नेकपा एमाले राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले भदौ २४ गतेको घटनाको छानबिनबारे प्रश्न उठाएकी छिन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले उक्त प्रश्न गरेका हुन् ।
उनले गत भदाै २४ गते जलाइएका सिंहदरबारलगायत घटनाको सत्यतथ्य बाहिर ल्याउने काममा ढिलाइ गर्न नहुने बताइन् ।
सांसद झाँक्रीले प्रश्न गरिन्, “भदौ २४ को घटनाको निष्पक्ष छानबिन कहिले हुन्छ ? भाद्र २३ र २४ गतेको त्यो विद्रोह शान्तिपूर्ण थियो ? कसले लिने हो ?” उनले भनिन् ।
सांसद झाँक्रीले राज्यको विरुद्ध जे पनि गर्न हुन्छ भन्ने खालको गलत भाष्यलाई स्वीकार गरेर अघि बढ्न नसकिने समेत बताइन् ।