अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई भेटेर गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारका मुद्दाको अनुसन्धान तीव्र रुपमा गर्न आग्रह गरेका छन् ।
गृहमन्त्रीनिकट स्रोतका अनुसार गुरुङ ३ दिनअघि टीमसहित आयुक्त राईलाई भेटेर आग्रह गरेका हुन् ।
गृहमन्त्री गुरुङले सरकारको तर्फबाट पूर्णसाथ रहने प्रतिवद्धता समेत जनाएका छन् ।
‘सरकारको स्पिरिटलाई समाएर काम गर्नुहोस् । तपाईँलाई सूचना, जनशक्ति चाहिन्छ भने भन्नुहोस् म दिन तयार छु । हाम्रो साथ रहनेछ’, गृहमन्त्रीको संवादबारे स्रोतले भन्यो ।
स्रोतका अनुसार गृहमन्त्री गुरुङले कसैलाई पनि नछाड्न र धमाधम फाइल खोल्न आग्रह गरेका छन् ।