Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सनफिस्ट डार्क फ्यान्टासी चोको फिल्सको ‘विन स्र्माटफोन एभ्रिडे’ अफर सार्वजनिक

सनफिस्ट डार्क फ्यान्टासी चोका फिल्सले आफ्ना ग्राहकका लागि ‘विन स्मार्टफोन एभ्रिडे’ नामक नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार, यस योजनाअन्तर्गत ग्राहकले प्रत्येक दिन स्मार्टफोन जित्ने अवसर पाउनेछन् ।

अभियानमा सहभागी हुन ग्राहकले डार्क फ्यान्टासी चोको फिल्स खरिद गरी प्याकेटभित्रको फ्ल्यापमा रहेको कोड प्राप्त गर्नुपर्नेछ । त्यसपछि क्युआर कोड स्क्यान गरी ह्वाट्सएपमार्फत आफ्नो विवरण र कोड दर्ता गर्नुपर्नेछ । प्रत्येक मान्य प्रविष्टिले दैनिक स्मार्टफोन जित्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

ब्रान्डका अनुसार, यस अभियानको उद्देश्य उपभोक्तालाई स्वादिष्ट अनुभवसँगै थप मूल्य प्रदान गर्नु रहेको कम्पनीको दाबी छ । रिच चकलेट फिलिङ र प्रिमियम गुणस्तरका कारण पहिलेदेखि नै लोकप्रिय रहेको यो उत्पादनमार्फत ब्रान्डले उपभोक्तासँगको सम्बन्ध अझ सुदृढ बनाउने लक्ष्य राखेको छ ।

यो अफर नेपालभर सीमित अवधिका लागि लाग हुने बताइएको छ । योजना अप्रिल १ देखि मे ११ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।