Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

बिश्वासिलो ब्रान्ड बन्दै कजरिया

कजारियाले आफ्नो विरासतलाई निरन्तर सुदृढ गर्दै नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो स्थान अझ मजबुत बनाएको कम्पनीले जनाएको छ ।

विगतका वर्षहरूमा कजारियाले प्राविधिक नवप्रवर्तन, ठूलो उत्पादन क्षमता तथा सशक्त अन्तर्राष्ट्रिय पहुँचका आधारमा आफूलाई एक प्रमुख विश्वस्तरीय ब्रान्डका रूपमा स्थापित गरेको छ ।

लगातार १४ वर्षसम्म ‘सुपरब्रान्ड’ उपाधि प्राप्त गरेको कजारियाले, उपभोक्ताको विश्वास, स्थिरता र बजार नेतृत्वलाई प्रतिबिम्बित गर्छ । यसका साथै, कम्पनी ‘एसियाको सबैभन्दा आशाजनक ब्रान्ड’ को रूपमा सम्मानित भएको छ ।

आफ्नो विस्तार र प्रभावलाई प्रमाणित गर्दै कजारिया विश्वका ८औँ ठूला टायल उत्पादक कम्पनीहरूमध्ये एकका रूपमा मान्यता प्राप्त गरेको छ । कजारियाको गुणस्तरप्रतिको प्रतिबद्धता आइएसओ ९००१:२०१५ प्रमाणीकरणबाट पुष्टि हुने कम्पनीको दाबी छ ।

हरित र जिम्मेवार निर्माणप्रतिको आफ्नो ध्यानलाई थप सुदृढ गर्दै कजारिया भारतीय हरित भवन परिषदको गर्विलो सदस्य समेत रहेको कम्पनीको दाबी छ ।