नेपाल बैंक लिमिटेड र ई–कमर्स अनलाइन प्लेटफम दराजबीच सम्झौता भएको छ । बैंकमा खाता रहेका ग्राहकलाई अनलाइन पोर्टलमार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको हो ।
८२ चैत २० गतेदेखि चैत २७ गतेसम्म लागु हुने उक्त सम्झौतापत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र दराजको तर्फबाट प्रवन्ध निर्देशक आँचल कुवरले हस्ताक्षर गरेका छन् ।
नजिकिँदै गरेको नयाँ वर्षलाई लक्षित गरी ग्राहकलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँगको साझेदारीलाई निरन्तरता दिएको जनाइएको छ ।