Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सामसङ नेपालको स्मार्ट घर, स्मार्ट सुरुआत योजना

सामसङ नेपालले नयाँ वर्ष २०८३ को अवसरमा २४ महिनासम्मको ईएमआई योजना, पक्का उपहार तथा आकर्षक छुटसहित ‘स्मार्ट घर, स्मार्ट सुरुआत’ अभियान घोषणा गरेको छ ।

अप्रिल १ देखि मे १४, २०२६ सम्म लागु रहने यस अफरमार्फत ग्राहकले सामसङका नयाँ टीभी र होम उपकरणहरूसँग वर्षको सुरुआत अझ स्मार्ट ढंगले गर्न सक्नेछन् । विश्वकै नम्बर १ भिजन एआई टीभी तथा बिस्पोक एआई होम उपकरणहरूमा उपलब्ध विशेष अफरहरूले जीवनशैलीलाई सहज बनाउँदै घरलाई अझ आधुनिक बनाउने लक्ष्य राखिएको छ ।

यस अभियानअन्तर्गत टीभीमा अधिकतम २५ प्रतिशतसम्म, वाशिङ मेसिनमा २३ प्रतिशतसम्म र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ ।

कम्पनीका अनुसार, क्यूएलईडी टीभी (५५–६५ इन्च) मा २५ प्रतिशतसम्म छुटसहित १२ महिनासम्म निःशुल्क नेटटीभी प्याकेज छ । यूएचडी टीभी (४३–६५ इन्च) मा २० प्रतिशतसम्म छुटसहित १२ महिनासम्म निःशुल्क नेटटीभी प्याकेज उपलब्ध हुनेछ ।