Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

आज पनि ह्वात्तै बढ्यो सुनको भाउ, तोलामा कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ७४ सयले बढेर तोलाको २ लाख ९७ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९० हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले बढेर ४९४५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४८४५ मा कारोबार भएको थियो ।