बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसानले सोमबार दिक्तेल बजारमा प्रदर्शन गरेका छन् ।
खेतबारीमा लगाइएको अन्नबाली बाँदरले नष्ट पारिदिँदा उठिबास बनाएको भन्दै जिल्लाका किसान बाँदरको समस्या हल गर्न हलो, जुवा, दाँते र कोदालोसहित बोकि प्रदर्शन गरेका हुन् ।
सो समस्यालाई हल गर्न किसानले सरकारसँग प्रभावकारी समाधानको माग गरेका छन् ।
तस्बिरः केदार मगर