शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कार्यक्रम बँद गर्ने सूचना आफ्नो वेब साइटबाट हटाएको छ ।
आइतबार मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया सुरु हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा आगामी १ वैशाखबाट लागू हुनेगरी बन्द गर्ने निर्णय गरेको थियो । उक्त सुचना सोमबार वेबसाइटबाट हटाइएको छ ।
मन्त्रालयका अनुसार थप प्रष्टता पार्नको लागि हटाइएको हो ।