Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

यस्तो बन्यो बालेन टीम, को–को बने मन्त्री ? (सूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका सदस्य बालेनलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

यसैबीच रास्वपाका नेताहरुले मन्त्रीहरुको नाम पनि टुंगो लगाएका छन् । जस अनुसार सुदन गुरुङ गृहमन्त्री बन्दै छन् भने अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, कानुनमन्त्रीमा सोबिता गौतम, उद्योगमन्त्रीमा डा. अमरेश कुमार सिंह, भौतिक पूर्वाधारमन्त्रीमा सुनिल लम्साल, उर्जामन्त्रीमा विराज भक्त श्रेष्ठ, स्वास्थ्य मन्त्रीमा निशा मेहता, महिला बालबालिका मन्त्रीमा सीता वादी, पर्यटनमन्त्रीमा गणेश पौडेलको नाम निश्चित भएको छ । 

त्यस्तै सस्मित पोखरेल शिक्षामन्त्री, विक्रम तिमल्सिना सञ्चारमन्त्री, दिपक शाह श्रममन्त्री र गीता चौधरी कृषि मन्त्री बन्ने भएकी छन् । 

त्यसैगरी रास्वपा उपसभापति डिपी अर्याललाई सभामुख बनाउनेमा बालेन र सभापति रवि लामिछाने सहमत भएको बताइएको छ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले बालेन शाहलाई प्रधानमन्त्री नियुक्त गरेका छन् भने उनले १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्रीको शपथ लिदैछन् ।