Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

इनिशा विक प्रकरण : प्रहरीले टुंग्यायो अनुसन्धान, मुख्य आरोपीलाई कारबाही गर्न माग

सुर्खेतकी इनिशा विक बलात्कार तथा हत्याबारे प्रहरीले थालेको अनुसन्धान सकाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले इनिशाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको सुर्खेत प्रहरी प्रमुख एसपी सुधीर शाहीले जानकारी दिए ।

यस घटनापछि प्रहरीले एकजना किशोरलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । पक्राउ परेका किशोरले इनिशासँग शारीरिक सम्पर्कपछि अत्यधिक रक्तश्राव भई बेहोस भएको बयान दिएका थिए ।

उक्त घटनामा पक्राउ परेकामध्ये मुख्य आरोपी एकजना रहेको र तीनजना सहयोगीका रूपमा रहेकाले कारबाहीका लागि जिल्ला सरकारी वकिल सुर्खेतलाई आदेश दिएको छ ।