Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

हर्क साम्पाङले चुनावमा खर्च गरे ८ लाख

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।

सुनसरी- १ बाट विजयी भएका साम्पाङले चुनावमा ८ लाख २ हजार ५२० खर्च भएको विवरण निर्वाचन आयोगमा पेश गरेका छन् ।

उनले यातायातमा २ लाख ८८ हजार, स्टिकरमा २ लाख ४० हजार, स्टेज साउण्ड सिस्टममा एक लाख, अन्यमा ९६ हजार, पर्चा पम्पेल्टमा ६५ हजार ५२०, र मनोनयन दर्तामा १० हजार खर्च भएको विवरण आयोगमा बुझाएका हुन् ।