नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ।
केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो केन्द्रीय समिति बैठक बसेको हो।
पार्टीका एक पदाधिकारीका अनुसार, आजको बैठकका लागि दुई एजेन्डाहरू तय भएको छ ।बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले उपसभापतिमार्फत दिएको राजीनाबारे छलफल हुनेछ ।
गगनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए । यद्यपि गगन भने बैठकमा उपस्थित भएका छैनन् ।
पार्टी महामन्त्री गुरुराज घिमिरेका अनुसार, बैठक आज या भोलि सकिनेछ । बैठकले सभापति थापाको राजीनामाबारे आवश्यक निर्णय लिने पनि उनले बताए ।