चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक रुपमा बधाइ र शुभकामना व्यक्त गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै चिनियाँ कम्युनिस्ट पार्टीबाट शुभकामनापत्र प्राप्त भएको जानकारी गराएका छन् ।
सीपीसीको अन्तर्राष्ट्रिय विभागले पठाएको सन्देशमा रास्वपासँगको बढ्दो सम्बन्धप्रति खुसी व्यक्त गर्दै पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको पनि सीपीसीले प्रशंसा गरेको छ ।
सन्देशमा नेपाल–चीन बिचको आपसी राजनीतिक विश्वासलाई थप मजबुत बनाउँदै दुवै देश र जनताको हितमा ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने प्रतिबद्धता दोहोर्याइएको उल्लेख गरिएको छ ।