Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

अब जनता अब्बल चेतनामा आएको छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली जनताले रास्वपालाई इतिहासमा कसैलाई नगरेको विश्वास गरेको बताएका छन् ।

नवनिर्वाचित सांसदहरुको दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा सम्बोधन गर्दै सभापति लामिछानेले नेपाली जनताले रास्वपालाई इतिहासमा कसैलाई नगरेको विश्वास गरेको बताएका हुन् ।

सभापति लामिछानेले शक्ति प्राप्त भएपछि आँखामा आउने पट्टी हटाउनुपर्ने बताएका छन्।

‘शक्ति प्राप्त गरेपछि आँखामा जुन पट्टी आउँछ, त्यो खोल्नसक्न पर्छ नत्र पूराना दललाई ३४/३५/३६ वर्ष कुरे। तपाई हामीलाई ३६ महिना ३६ दिन पनि कुर्नेवाला छैन। यो कुरा निर्धक्क हुनुहोला। किनकि जनता अब्बल चेतनामा आएको छ,’ उनले भने।

उनले आफूहरूलाई अघिल्लो चुनावमा जनताले नमात्तिउन् भनेर २१ सिट मात्रै दिएको बताए।

आफू बलियो हुनुपर्छ । अरुलाई दोस दिनु हुँदैन । यो पाँच वर्ष नियमित आएको चुनाव होइन । यो सहिदहरुले रगत बगाएको चुनाव हो,' उनले भने ।