Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

अर्जुननरसिंह केसीले खुवाउने छन् नयाँ सांसदलाई सपथ

अर्जुननरसिंह केसी यसपालिको प्रतिनिधिसभाका २७५ मध्ये सबैभन्दा पाका सदस्य हुन् । नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका केसी ७८ वर्षका भए ।

त्यसैले केसी संसद्का ज्येष्ठ सदस्य देखिएका छन् । उनी ०४८ र ०५१ सालमा नुवाकोट–३ बाट निर्वाचित भएका थिए भने ०५६ मा सोही क्षेत्रमा पराजित भएका थिए ।

०६४ को पहिलो संविधानसभा निर्वाचनमा केसीले नुवाकोट–१ बाट चुनावमा पराजित भए भने ०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

०७४ मा पनि उनले नुवाकोट–२ बाट चुनाव हारेका थिए भने ०७९ को निर्वाचनमा भने उनले नुवाकोट–२ बाट चुनाव जितेका थिए ।

उनी पञ्चायतकालमा नै स्वास्थ्य राज्यमन्त्री समेत बनेका थिए । पछि उनी मन्त्री पनि बने ।

संसद्का ज्येष्ठ सदस्यले पहिले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनेछन् । त्यसपछि ज्येष्ठ सदस्यले अरू सांसदलाई शपथ खुवाउने प्रावधान छ ।