Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

म तलब खाँदिनँ, सरकारी गाडी पनि चढ्दिनँ: सुदन गुरुङ

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले आफूले सांसदका रूपमा पाउने तलब नलिने बताएका छन् । 

रास्वपाले आयोजना गरेको सांसद प्रशिक्षण कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले तलब नलिने र सरकारी गाडी पनि प्रयोग नगर्ने बताएका हुन् ।  उनले आफू आर्थिक रूपमा सक्षम भएकाले राज्यबाट सुविधा लिन आवश्यक नरहेको बताए । 


उनले भने, ‘म तलब खाँदिनँ, सरकारी गाडी पनि चढ्दिनँ । मेरो आफ्नै गाडी छ । म आफैँ सक्षम छु ।’  गुरुङले संसद्मा सक्रिय र प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दै जनताको पक्षमा काम गर्ने जिकिर गरे ।