Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

क-कसले दिँदैछन् रास्वपाका नयाँ सांसदलाई प्रशिक्षण ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रम जारी छ। 

मंगलबार (चैत ३) गतेको अभिमुखीकरण रास्वपा उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर शुभारम्भ गरेका हुन् ।

ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा अभिमुखीकरण सुरु भएको कार्यक्रममा नवनिर्वाचित सांसदहरूको सहभागिता छन् । संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिका, बजेत तथा कानुन निर्माण प्रक्रिया, साथै निर्वाचन  क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने विषयहरूबारे स्पष्ट समक्ष र साझा दृष्टिकोण विकास गर्ने उद्देश्यका साथ नवनिर्वाचित सांसहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ ।

कार्य तालिका अनुसार देशको वर्तमान अवस्था, पार्टीका प्रतिबद्धता, जिम्मेवारी तथा सांसदको भूमिकाबारे पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले प्रशिक्षण दिनेछन् भने नेपाल सरकारका पूर्वसचिव सुरेश अधिकारीले संसद्‍को संरचना तथा कार्याप्रणाली : सांसदका अधिकार र जिम्मेवारी, पूर्वकानुन सचिव तोयानाथ अधिकारीले संघीय संसद्‍मा कानुन निर्माण प्रक्रियामा सांसदको भूमिकाका बारेमा प्रशिक्षण दिनेछन् ।

यसैगरी कृत्रिम बुद्धिमता र एल्गोरिदमस् लोकतन्त्र, शक्ति सन्तुलन र सुशासनमा प्रभाव, पूर्वसचिव डा. तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रिया : योजना तथा बजेट निर्माण लगायतबारे अध्येता एवं आईटी विज्ञ डा. दोभान राईले प्रशिक्षण दिने भएका छन् ।

कार्यतालिका हेर्नेहोस्-

१.jpg
२.jpg
३.jpg