राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन्।
सभापति लामिछाने गत शुक्रबार काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। उनी चिकित्सकको निगरानीमा रहने गरी आज अस्पतालबाट डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको छ।
स्रोतका अनुसार पिसाबसम्बन्धी संक्रमणका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो। चिकित्सकले केही समय आराम गर्न र नियमित निगरानीमा रहन सुझाव दिएका छन्।