Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत उनका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवास पुगेर उनीप्रति समवेदना व्यक्त गरेका हुन् ।

अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो ।

narayan.png