फागुन २१ गतेको चुनावी हारपछि नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार सानेपामा बसिरहेको छ। उक्त बैठक विजेता छनौट गर्न राखेको हो।
प्रतिनिधिसभा निर्वाचनको परिणामअनुसार इतिहासमै सबैभन्दा धक्का व्यहोरेको कांग्रेसले समानुपातिकतर्फका सांसद छान्दैछ ।
सार्वजनिक चुनावी परिणामअनुसार कांग्रेसलाई प्रत्यक्षतर्फ १८ सिट र उता समानुपातिकतर्फ २० सिट मिलेको छ ।
समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरिँदैछ ।