Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

प्रधानमन्त्री बन्नु अघि नै बालेनले सार्वजनिक गरे ‘प्रधानमन्त्री’को इमेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री पद सम्हाल्ने तयारीका बीच आफ्नो आधिकारिक फेसबुक पेजमा ‘प्रधानमन्त्री’ शीर्षकको इमेल सार्वजनिक गरेका छन् ।

अझ औपचारिक रूपमा प्रधानमन्त्री नियुक्त नभइसकेकै अवस्थामा उनले फेसबुकमा ‘[email protected]‘ नामको इमेल समावेश गरेका हुन् । प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले सुविधाजनक बहुमत हासिल गरेसँगै शाह नेपालको प्रधानमन्त्री बन्ने तयारीमा छन् । पार्टीले विधान संशोधन गरी उनलाई संसदीय दलको नेता चयन गर्ने तयारीसमेत गरेको बताइएको छ ।


निर्वाचन आयोगले पूर्ण नतिजा सार्वजनिक गरिसकेको अवस्थामा अब नयाँ सरकार गठन प्रक्रिया सुरु हुने भएको छ ।

image-39.png
undefined