Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

पितृशोकमा रहेका ओलीलाई भेट्न पुगिन प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशिला कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनका बुबाको निधनप्रति समवेदना दिएकी छन् ।

प्रधानमन्त्री कार्कीले ओलीको निवास गुण्डुमा भेट गरेर उनका बुबा मोहन प्रसाद ओलीको निधनप्रति समवेदना प्रकट गर्दै दिवंगत बुबाप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् ।

ओलीका ९७ बर्षिय बुबा मोहन प्रसाद ओलीको शुक्रबार निधन भएको थियो ।

Sushila_11773561672.jpg
Sushila1773561673.jpg