Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

रास्वपाको सचिवालय बैठक जारी, सभापति लामिछाने भर्चुअल रुपमा सहभागी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज केन्द्रीय कार्यालय वनस्थलीमा सुरू भएको छ । 

स्वास्थ्य अवस्थाका कारण बैठकमा अनुपस्थित पार्टी सभापति रवि लामिछाने भर्चुअल तरिकाबाट जोडिएका छन् । 

आजको बैठकले समानुपातिक तर्फबाट उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गर्नेछ ।

प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५७ सिट जितेको छ ।