Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

ओलीका बुबाको निधनप्रति रास्वपा सभापति रवि लामिछानेबाट दुख व्यक्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै लामिछानेले यस दुःखद घडीमा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्तिको कामना गरेका छन् ।

९७ बर्षिय ओलीको गएराती निधन भएको थियो भने आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ ।